राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दु:ख व्यक्त गरेको छ ।
महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको उल्लेख गरिएको छ । उनकाे पार्टी निर्माणमा पनि योगदान रहेको बताइएको छ ।
४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।
भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।






























प्रतिक्रिया