लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरेका छन् ।

४ सिट रहेको राप्रपा तटस्थ बसेको छ । ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका चौधरीले विश्वासको मत पाएसँगै मन्त्रीपरिषद् विस्तार गर्न गृहकार्य शुरु गरेका छन् ।

मुख्यमन्त्री बनेको ५ दिनमै लुम्बिनी प्रदेश सभामा विश्वासको मत लिएका चौधरीले मंगलबार ५३ जना बहुमत सांसदको विश्वासको मत पाएका छन् ।
 

Logo