माओवादीको दम्भ र घमण्डले हाम्रो साथीहरु दुखी छन्: माधव नेपाल

माओवादीको दम्भ र घमण्डले हाम्रो साथीहरु दुखी छन्: माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेशमा सरकार गठन गर्दा नेकपा माओवादीले आफ्ना सांसदलाई बेवास्ता गरेको आरोप लगाएका छन्। 

बुधबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णालीमा माओवादी केन्द्रको घमण्डका कारण आफ्ना दलका नेताहरु दुखी भएको बताएका हुन्। 

‘कर्णालीमा हाम्रो पार्टीलाइ पुरै बेवास्ता गरिएको छ, यो राम्रो होइन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘सरकारमा एकलौटी गर्न खोजिएको छ, यहाँ माओवादीको दम्भ र घमण्डले हाम्रो साथीहरु दुखी हुनुहुन्छ।’ कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालले चेतावनी समेत दिए ।

‘जनतालाई खुसी बनाउनुपर्छ भन्ने मेरा चाहना हो, समाज समृद्ध भएपछि मात्र सबै प्रसन्न हुन्छन्,’ उनले भने, ‘हाम्रो पार्टी नयाँ अभियानका साथ अघि बढीरहेको छ, भ्रष्टाचारलगायत सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिने हाम्रो प्रयास हो।’

Skip This
Skip This
Logo