संस्कृति पर्यटन तथा नागरिक उ्डयनमन्त्री सुदन किराँतीले समाजमा विभेदको अन्त्यको लागि सबैले बुद्वमार्गी नीति लिनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा त्रिभूवन विश्वविद्यालय बुद्ध दर्शन विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री किराँतीले देशका जल्दोबल्दो समस्या हल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बुद्धमार्गी नीति लिनु पर्ने बताएका हुन् । ‘सिद्धार्थ गौतम बुुद्ध बन्नुमा तत्कालीन समयको समाज नै जिम्मवार हो । समाजमा विभेदको सन्दर्भमा जन्मेका थिए गौतम बुद्ध । सबैलाई हेरेर बुद्धमार्गी र मध्यमार्गी भएर जान आवश्यक छ ।’ उनले भने ।
अर्थतन्त्रमा देखिएको संकट, शान्ति प्रक्रियाको टुंगोलगायतका विषयमा सबैको पहलकदमी आवश्यक रहेको मन्त्री किराँतीको भनाइ छ ।































प्रतिक्रिया