‘प्रचण्डलाई झुक्याएर कसैले शितल निवास लगेको होइन’ : प्रवक्ता श्रेष्ठ (भिडियाेसहित)

‘प्रचण्डलाई झुक्याएर कसैले शितल निवास लगेको होइन’ : प्रवक्ता श्रेष्ठ (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले बाढी, पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार केही समय बसेर १३ गतेसम्मका लागि स्थगित भएको बैठकले मनसुन सुरु भए यता जनजीवन नराम्ररी प्रभावित भएको र राजमार्गहरु समेत अवरुद्ध भएको तर्फ सरकारको ध्यानाकर्षण गराएको हो । मनसुन सुरु भए यता प्राकृतिक विपतिका कारण १ सय ३३ जनाको मृत्यु भएको, ८९ जना बेपत्ता र ९९ जना जना घाइते भएको अवस्थामा उद्धार र राहतको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण भएको नारायणकाजी श्रेष्ठले बताए । घाइतेहरुको निःशूल्क र भरपर्दो उपचारको व्यवस्था मिलाउन, घरबारविहिन भएकालाई अस्थायी आवासको प्रवन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षण गर्न पनि स्थायी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । बाढी र पहिरोका कारण क्षति पुगेका सडक र पुलहरुको पुनर्निर्माण गर्न विशेष प्रवन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराईएको प्रवक्ता श्रेष्ठले बताए ।

विहान ११ बजे बस्ने भनिएको आजको बैठक १ बजेपछि मात्रै सुरु भएको थियो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । प्रवक्ता श्रेष्ठले कामको चापका कारण प्रधानमन्त्री बैठकमा सहभागि नभएको बताए । आजको बैठकमा अरु कुनै विषयमा पनि छलफल नभएको उनले बताए । पार्टी भित्रको विवाद समाधानका लागि छलफल जारी रहेको उनले बताए ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने आवाज पार्टीभित्रै बाट आइरहेको सन्दर्भमा उनले बैठकमा उठेका विषयहरुमाथि छलफल गरी निष्कर्षमा पुगिने बताए । शनिबार सचिवालय बैठक पश्चात पार्टी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न गएको प्रसंगमा उनले भने, ‘‘झुक्याएर कोहीले लैजाँदैन । कोही जाँदैन । उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष पनि होइन । राष्ट्रपतिलाई भेट्न उहाँ (प्रचण्ड) शितल निवास आफैं जानु भएको हो ।’’

Skip This
Skip This
Logo