‘गौप्राणीमाथि हुने गरेको क्रुरता नियन्त्रण गर्न आवश्यक’ -उपराष्ट्रपति यादव

‘गौप्राणीमाथि हुने गरेको क्रुरता नियन्त्रण गर्न आवश्यक’ -उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति रामसाहय यादवले पछिल्लो समय हाम्रो संस्कृतिको मूल्य र मान्यतामा विचलन आएको टिप्पणी गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित श्रीमद्भागवत ज्ञान महापुराण तथा गौरक्ष महायज्ञको समुद्घाटन कार्यक्रममा उपराष्ट्रपति यादवले गौप्राणीमााथि हुने गरेको क्रुरता र अत्याचारलाई नियन्त्रण गर्न आवश्यक भएको बताएका हुन् । 

उनले भने, ‘पछिल्लो समय हाम्रो संस्कृतिको मूल्य र मान्यतामा विचलन आंउदै गरेका उदाहरणको रुपमा गौप्राणीमाथि गरेको कृरता र अत्याचारलाई लिन सकिन्छ । यो धर्ति उनिहरुको पनि हो भन्ने कुरालाई हामीले विर्सियौं भने ती प्राणीमाथि ठूलो अन्याय हुनेछ । देशभरि नै एउटा विकृति मौलाउँदै गएको सन्दर्भमा अब यस्ता विकृतिको अन्त्यको लागि राजनीतिक ईच्छा शक्ति जागरुक हुनुपर्छ ।’ 

उपराष्ट्रपति यादवले सडकमा अलपत्र परेको आवाजविहीनहरुको आवाजको रुपमा सबैले कर्म गर्न आवश्यक भएको बताए । 

Logo