सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टी कार्यालय बसन्धारामा शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । योसँगै रास्वपा सरकारमा नजाने पनि पक्का भएको छ । 

यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आएपछि सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास गरेका थियाे । तर, साे  प्रयास असफल भएकाे छ । साथै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । 

Logo