शरणार्थी प्रकरणमा संलग्नलाई निडर भएर कारवाही गर्न नायक खड्काको माग

शरणार्थी प्रकरणमा संलग्नलाई निडर भएर कारवाही गर्न नायक खड्काको माग

केन्द्रबिन्दु
0
Shares

सीमानाकामा काँडेतारका निर्माता तथा नायक नवल खड्काले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकाहरुलाई निडर भई कारवाही गर्न सरकारसँग आग्रह गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माता एवं नायक खड्काले सरकार ढल्छ कि भन्ने डर नराखी कारवाही गर्नका लागि आग्रह गरे । सरकार ढले फेरि बनाउन सकिने भन्दै अहिले सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न सक्नुपर्ने उनले सुझाव दिए । 

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने र पैसा कुम्ल्याउने तल्लो तहदेखि माथिल्लो तहसम्मको संलग्न रहेको छ । जरादेखि समातेर टुप्पोसम्म नै सशक्त कारवाही गर्नुपर्छ, कारवाही गर्न सरकारले खुट्टा लुलो पार्नुहुँदैन् । आम नागरिक सरकारको पक्षमा छौं । सरकार ढले ढल्छ फेरी बनाईन्छ, यही भएर पनि  डर नमानी कारवाही गर्न अनुरोध गर्दछु । सानोलाई ऐन ठूलोलाई चैन भन्ने परम्परा तोड्नु पर्छ ।’

उनले राष्ट्रिय आविष्कार केन्द्रमा प्रमुख महाबीर पुनको माग पनि सरकारले चाँडो भन्दा चाँडो पूरा गर्नुपर्ने बताए ।  

Logo