जनतामा विश्वास दिलाउन शरणार्थी प्रकरणमा संलग्नलाई कडा कारबाही गर्नुपर्छः नेतृ धमला

जनतामा विश्वास दिलाउन शरणार्थी प्रकरणमा संलग्नलाई कडा कारबाही गर्नुपर्छः नेतृ धमला

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रकी नेतृ कल्पना धमलाले नागरिकले चाहेको सुशासन सरकारले दिन्छ भन्ने विश्वास दिलाउन प्रधानमन्त्री र गृहमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीहरुमाथि कडा कारबाही गर्नुपर्ने बताएकी छिन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेतृ धमलाले भनिन्, ‘नागरिकले चाहेको सुशासन यो सरकारले दिनसक्छ, र दिन्छ भन्ने विश्वस्त बनाउनको निम्ति प्रचण्ड सरकार, प्रधानमन्त्री र गृहमन्त्रीज्यूले नक्कली शरणार्थी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउनुभएको छ । यसलाई निष्कर्षमा पुर्याउनुपर्छ । दोषीमाथि कडा कारबाही हुनुपर्छ ।’

नेतृ धमलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सरकारले अनुसन्धान थाल्दा राजनीतिक हस्तक्षेप भएको भन्दै अब सबै भ्रष्टाचारका फाईल खोल्न पनि आग्रह गरिन् । उनले जुन पार्टीको भएपनि भ्रष्टाचार गर्नेलाई संरक्षण गर्न नहुने भन्दै पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् । 

राजनीतिक संरक्षणकै कारण  भ्रष्टाचार केन्द्रदेखि गाउँसम्म मौलाएको भन्दै नागरिकले दललाई भ्रष्टाचारीको संज्ञा दिन थालेको उनको गुनासो छ ।

Skip This
Skip This
Logo