अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।
आजदेखि सुरु भएको सङघीय संसद्को बर्खे अधिवेशनको पहिलो बैठकमा अर्थमन्त्री महतले सो विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।
साथै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।































प्रतिक्रिया