प्रतिनिधि सभामा नांगिएका सांसद अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी

प्रतिनिधि सभामा नांगिएका सांसद अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध सम्पत्ति छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा संसदीय मर्यादालाई वेवास्ता गर्दै आफूलाई बोल्न नदिएको झोकमा कपडा खोलेर अर्धनग्नता प्रर्दशन गरेका सिंहविरुद्ध टंगालस्थित अख्तियार कार्यालयमा पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो । 

विकास ठाकुरले दिएको उजुरीमा सांसद सिंहले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर विभिन्न ठाउँमा घर घडेरी जोडेको र सोको छानबिन गर्न माग गरिएको छ । ‘राजनीतिलाई पेशा बनाएर सर्लाही जिल्लालाई यो तहको धोकाधडी लामो समय सहन नसक्ने भएकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तपशिल बमोजिमका आधारमा आवश्यक अनुसन्धान गरी पाउँ’ उजुरीमा उल्लेख छ, ‘उहाँको यो राजनीतिक जिवनमा राजनीति बाहेक अन्य पेशा वा व्यवसायमा समेत संलग्न नभएको हुँदा अकुत सम्पति जम्मा गरेको विषयमा यस आयोगको क्षेत्राधिकारभित्रै पर्ने भएकाले अनुसनधान गरी आवश्यक कारबाहीका लागि अनुरोध गर्दछु ।’

हेर्नुहाेस्, अख्तियारमा दर्ता भएकाे उजुरी

 

 संसदमा कपडा खोलेर अर्धनग्न हुने सांसद अमरेशलाई के हुन्छ कारबाही ?

संसदमा अमरेशको अर्धनग्न अवतार [तस्विर र भिडियाेसहित]

 

 

 

Skip This
Skip This
Logo