रास्वपाकी विन्दाबासिनी कंसाकारले पाइन् सांसदको प्रमाणपत्र, तर सपथ राेकिने

रास्वपाकी विन्दाबासिनी कंसाकारले पाइन् सांसदको प्रमाणपत्र, तर सपथ राेकिने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र प्रदान गरेकाे छ । 

रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो । पार्टीको सिफारिसमा आयोगले उनलाई सदस्यको प्रमाणपत्र दिएको हो । 

तर, ढाकाकुमारको सांसदसमेत पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वाेच्च अदालतले अल्पकालीन आदेश दिएको छ । योसँगै कंसाकारको सपथग्रहण भने रोकिने भएको छ । सर्वोच्चले श्रेष्ठको सांसद पद विवादको अन्तरिम आदेशबारे छलफल गर्न जेठ ५ गते दुवै पक्षलाई बोलाएको छ ।

Skip This
Skip This
Logo