नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्म देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।
सोमवार पार्टी कार्यलयमा युवा संघको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘उहाँलाई कार्यकर्ताले दुवोका माला लगाइदिए । त्यसपछि भन्नुभयो, यो त ट्रेलर मात्रै हो । फिल्म आउँदैछ । सिंगै फिल्म आउँदैछ भन्नुभयो । तपाईंको सिनेमाहलमा फिल्म कहिलेदेखि लाग्छ प्रचण्डजी ? अन्त त धुमधाम भइसक्यो । सधैँ टेलर मात्र किन ? सिनेमा चलाउनुस् । किन हल रित्तै ? किन ताला लाग्या छ ? सञ्चारमाध्यममा फिल्म आइराख्या छ, तपाईं किन चुप ? देखाउनुस् त फिल्म ।’
त्यस्तै,अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड दुनियाँ लट्पटाउन सिपालु रहेको आरोप समेत लगाए ।
‘केही मान्छेहरुलाई बदनाम गर्ने उहाँहरुको चेष्टा छ । उहाँहरु अगाडि देखि लागिरहनुभएको छ । प्रधानमन्त्री भ्रष्टाहरुलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा हुनुहुन्छ प्रचण्डलाई जनताले चिनेकै छैन जस्तो गरेर, सेतो वस्त्र लगाएको, दुधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दवाव मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दवाव दिएको थिएँ ? मैले दवाव दिएको जस्तो पार्न खोज्नुभयो । उहाँ दुनियाँ लट्पटाउन सिपालु हुनुहुन्छ ।’































प्रतिक्रिया