संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुनमन्त्री धनराज गुरुङको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठक निश्कर्षविहीन सकिएको थियो । आजको बैठकमा पनि प्रधानन्यायाधीश नियुक्तबारे छलफल भइरहेको छ ।































प्रतिक्रिया