प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ । आज बिहान देउवा र ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन् । तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने बताइएको छ।





























प्रतिक्रिया