लोकसेवा आयोगका डेटा सुरक्षित नराख्‍नेलाई कारबाही गरियोस् : सांसद निशा डाँगी

लोकसेवा आयोगका डेटा सुरक्षित नराख्‍नेलाई कारबाही गरियोस् : सांसद निशा डाँगी

केन्द्रबिन्दु
0
Shares

लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परिक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीले सरकारसँग माग गरेकी छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद डाँगीले लोकसेवा आयोगमा विद्युतीय माध्यमबाट परिक्षार्थीले आफ्नो व्यक्तिगत विवरण बुझाएको तर त्यो सुरक्षित नराखेर आयोगका अधिकारीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताइन् ।

उनले भनिन् '२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डेटा हराएको छ । डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ । विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन,' उनको माग थियो, 'डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस् ।'

Logo