आरजु राणालाई सांसद तोसिमाको प्रश्नः भ्रष्टाचारको पनि कुनै लिङ्ग हुन्छ ?

आरजु राणालाई सांसद तोसिमाको प्रश्नः भ्रष्टाचारको पनि कुनै लिङ्ग हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले देश निर्माण गर्ने ठाउँ हो कि भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने स्थल हो भन्दै प्रश्न गरेकी छिन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद तोसिमाले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश लैजाने काममा संलग्नलाई पक्राउ पुर्जी जारी गर्दासमेत एकले अर्कोलाई जोगाउने काम भइरहेको भन्दै देशलाई डुबाउने काम भएको भन्दै आपत्ति जनाएकी हुन् । 

उनले भनिन्, ‘यो सदन देश निर्माण गर्ने ठाउँ हो किभ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने स्थल हो । नेपाली नागरीकलाई भुटानी शरणार्थीबनाएर विदेश लैजाने काममा देशका ठूला ठूला निकाय र नेताहरु संलग्न भएको कुरा बाहिर आएको छ पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको छ । एकले अर्कोलाई जोगाईरहने काण्डै काण्ड गरिरहने अनि यो देशलाई डुबाईरहने ?’

सांसद तोसिमाले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले अनुसन्धान माग गर्दा महिलालाई अघि बढ्न रोक लगाइयो, महिलामाथि हिंसा भयो भनेको भन्दै भ्रष्टाचारको पनि कुनै लिङ्ग हुन्छ भन्दै प्रश्न गरिन् । उनले चिनारी फेरेर राष्ट्रघात र अपराध भएको भन्दै कडा कारवाहीको माग पनि गरिन् । 

कांग्रेसकी सांसद राणाले आइतबारको संसद बैठकमा शरणार्थी प्रकरणमा आफूहरुको नाम मुछेर महिलालाई अघि बढ्न नदिने षडयन्त्रको विजारोपण भएको भन्दै सबै सांसदको सम्पत्ति छानविन गर्न माग गरेकी थिइन् । 

Logo