नेकपा एमाले सांसद योगेश भट्टराईले अर्थतन्त्र सुधारका लागि राष्ट्रिय स्तरबाट बहस हुन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा सांसद भट्टराईले अर्थतन्त्रमा देखिएको संकटलाई हटाउन राष्ट्रियस्तरबाट बहस जरुरी रहेको बताएका हुन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा सांसद स्वर्णिम वाग्लेले व्यक्त गरेको अभिव्यक्ति माथि टिप्पणी गदै सांसद भट्टराईले भने- ‘हिजो एकजना माननीयज्यूले भन्नु भएको थियो । अब झारफुकले हुँदैन। सर्जरी नै गर्नुपर्छ। म अझै थप्न चाहन्छु। मान्य सदस्यको भनाइमा । सर्जरी त गर्ने हो। तर उपकरण ठीक छैन। डाक्टर ठीक छैन। डाक्टर बदल्ने कि उपकरण बदल्ने । त्यही काम नलाग्ने उपकरण र काम नलाग्ने डाक्टरले सर्जरी गर्न लगाउने। अब यो हो बहस। अब यो उपकरणले यो डाक्टरले बिरामीको सर्जरी गर्न सक्दैन । बिरामीको मृत्यु अनिवार्य छ। बिरामी बचाउने हो भने राष्ट्रियस्तरमा बहस हुनु जरूरी छ।’
सांसद भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य संयन्त्र लाग्नु चिन्ताको विषय भएको बताउँदै सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे ।































प्रतिक्रिया