युवाहरुलाई उद्यमशीलता र लगानीसँग जोड्नुपर्छः सांसद गौतम

युवाहरुलाई उद्यमशीलता र लगानीसँग जोड्नुपर्छः सांसद गौतम

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले युवा पुस्तालाई देशमा रोक्ने किसिमको काम बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै आपत्ति जनाएकी छिन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलका क्रममा बोल्दै सांसद गौतमले आर्थिक आत्मनिर्भरता, सहज जीवनशैली र भविष्यको सुनिश्चितताको लागि युवाहरु विदेश पलायन हुने गरेको भन्दै उद्यमशीलता र लगानीलाई युवासँग जोड्नु पर्ने टिप्पणी गरिन् । 

उनले भनिन्, ‘अर्थिक आत्मनिर्भरता, सहज जीवनशैली र भविष्यको सुनिश्चितताको लागि युवाहरु विदेश पलायन भईरहेका छन् ।  विनियोजन विधेकमा यो युवा पुस्ताले देशमा नै रहन मन लाग्ने किसिमको सिद्धान्त र प्राथमिकतामा नपरेको जस्तो अनुभव भयो । उद्यमशीलता र लगाीलाई सँगसँगै जोडेनुप-यो, यो सैद्धान्तिक विनियोजन विधेयकमा परेको छैन ।’

Skip This
Skip This
Logo