एमालेले टोपबहादुर रायमाझीलाई तत्काल कारबाही नगर्ने

एमालेले टोपबहादुर रायमाझीलाई तत्काल कारबाही नगर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई तत्काल कारबाही नगर्ने भएको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निष्कर्ष निकालेको हो । एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्ने ठहर पार्टीले गरेको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

तर, हाल प्रहरीले अनुसन्धान जारी राखेको र अन्तिम निष्कर्षमा पुगिनसकेकाले कारबाहीमा भने हतार नगर्ने उनको भनाई छ । 

पक्राउ पुर्जी जारी भइसकेका संघीय संसदका सांसद रायमाझी फरार छन् । मंगलबार मात्र उनको ललितपुरको सातदोबाटोस्थित निवासमा प्रहरीले छापा मारेको थियो । तर रायमाझीको बारेमा थप केही सुराक प्रहरीले पाउन सकेको छैन । उनका छोरा सन्दीपलाई भने पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । 

Skip This
Skip This
Logo