मकवानपुरगढीको सामरी खोलामा तटबन्ध गर्न सांसद बर्तौलाको माग

मकवानपुरगढीको सामरी खोलामा तटबन्ध गर्न सांसद बर्तौलाको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचेतक सांसद महेश बर्तौलाले मकवानपुर गढीको सामरी खोलामा तटबन्ध निर्माण गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको शून्य समयमा सांसद बर्तौलाले सामरी खोला बढेसँगै सिंगो मकवानपुरगढी गाउँपालिका प्रभावित हुने गरेको भन्दै बलियो तटबन्धको लागि बजेटको व्यवस्थागर्न सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘मकवानपुर गढीका जनताहरु सामरी खोला बढेसँगै चिन्तित छन् । सामरी खोलाले सिंगो मकवानपुरगढी गाउँपालिका प्रभावित छ । नेपाल सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु । त्यसको लागि बलियो तटबन्धको आवश्यक छ बजेटको व्यस्था गरियोस् ।’ 

त्रिवेणी धामदेखि मनहरीको लोथरसम्म राप्ति नदी नियन्त्रणका लागि बृहत गुरुयोजना बनेको र त्यसको लागि विशेष ध्यान दिन उनको आग्रह छ । 

Logo