उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताएका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको कार्यप्रति ऐक्यबद्धता जनाउन आएका कांग्रेसका युवा नेतासँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएका हुन् ।
रन्जित कर्ण, गुरुराज घिमिरे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतका कांग्रेस नेताहरुको टीमले गृहमन्त्री श्रेष्ठको पछिल्ला कदमप्रति ऐक्यबद्धता जनाएका हुन् । उनीहरुले गृहमन्त्री श्रेष्ठलाई धन्यवाद दिँदै नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्य राज्यविरुद्धको अपराध भएको बताए । उनीहरुले यस प्रकरणमा संलग्न नाइकेहरूको थप पहिचान गरी गिरफ्तारीमा पनि अघि बढ्न आग्रह गरे ।
‘कसैको दबाबमा नपरी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गरिनुपर्दछ भनेर हामीले गृहमन्त्रीलाई भनेका छौं,’ नेता कर्णले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता तथा उच्च तहका कर्मचारी मुछिएका छन् ।





























प्रतिक्रिया