शरणार्थी प्रकरणमा राष्ट्रको स्वाभिमान गिराउने कोही बच्दैनन्ः गृहमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणमा राष्ट्रको स्वाभिमान गिराउने कोही बच्दैनन्ः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारको केस नभएको बताएका छन् । 

सिंहदरबारमा तीन शीर्ष नेतासंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यस प्रकरणमा अनुसन्धानले माग गरेका हदसम्मका व्यक्तिहरुको तानिएको बताए । राष्ट्रको अपमान र स्वाभिमान गिराउने यो प्रकरणमा कुनै पनि दोषी नछुट्ने पनि उनको प्रतिबद्धता थियो । 

उनले भने, ‘मेरो केही दिनअघि प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीको निवासमा उहाँसँग भेट भएको थियो । केही दिनअघि उहाँमाथि पूर्वमा भएको आक्रमणबारे दुःख प्रकट गरेको थिएँ । भेटमा शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारको केस नभएको बताए । यो राष्ट्रको अपमान गर्ने स्वाभिमान गिराउने यसको विरुद्ध अनुसन्धान बढाउनुपर्छ र दोषी जोसुकैलाई कारबाही गर्नुपर्छ भनेर सहयोग र आडभरोसाको माग गरेँ ।’ 

भेटमा अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा सहयोग गर्न आफू तयार रहेको भन्दै निर्दोष नफसुन र दोषी कोही नउम्कने भन्दै अनुसन्धानलाई साथ दिएको पनि गृहमन्त्री श्रेष्ठले बताए । आफूले निर्दोषलाई फसाइनु हुँदैन भनेर प्रहरीलाई निर्देशन दिइसकेको उल्लेख गर्दै उनले निष्पक्ष ढंगले अनुसन्धान बढ्ने र निष्कर्षमा पु-याउन अनुसन्धानको क्रममा संलग्न देखिएको सबै तानिने प्रतिबद्धता पनि व्यक्त गरे । 

Logo