बालकृष्ण खाणलाई कांग्रेसले तत्काल कारवाही नगर्ने

बालकृष्ण खाणलाई कांग्रेसले तत्काल कारवाही नगर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारवाही नगर्ने भएको छ ।

धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बिहीवार बसेको कांग्रेस पदाधिकारी बैठकले खाणलाई तत्काल कारवाही आवश्यक नभएको निष्कर्ष निकालेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । हाल खाँणले प्रहरी अनुसन्धानलाई सघाइरहेको र अदालतको निर्णय पर्खिने उनको भनाई छ । 

उनले भने, ‘कुनै पनि घटनामा पक्राउ पर्ने सबैलाई दोषी हो भन्न मिल्दैन, त्यसलाई अभियुक्तको रुपमा लिनुपर्छ । अदालतबाट फैसला आएपछि मात्रै दोषी हुने हो । उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइ रहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणको राम्रो सँग छानबिन गर्नुपर्छ र कुनै पनि दोर्षी छुट्नुहुदैँन । र निर्दोष पनि पर्नुहुदैँन ।’

पूर्वगृहमन्त्रीसमेत रहेका खाण बुधवार बिहान बौद्धको कुमारीगालस्थित ‘फ्लाट’बाट पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ । 

Logo