नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रियामा चलखेल गरिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रक्रिया रोक्न निर्देशन दिएका छन्।

निश्चित व्यापारिक घरानालाई दिने गरि प्रक्रिया सुरु भएको आरोप लागेपछि नेपाल धितो पत्र बोर्डका अधिकारीलाई बोलाएर प्रधानमन्त्री दाहालले तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएका हुन् ।

सरकारी स्टक एक्सचेन्ज नेप्से हुँदाहुँदै निजी क्षेत्रलाई नयाँ लाइसेन्स वितरण गर्न उचित नहुने भन्दै प्रधानमन्त्रीले अहिलेको प्रक्रिया रोक्न निर्देशन दिएको धितो पत्र बोर्डका अधिकारीले जनाएका छन् । 

Logo