विकास र रोजगारीका लागि वित्तीय सम्मेलन सहयोगी हुने छ : प्रधानमन्त्री प्रचण्ड

विकास र रोजगारीका लागि वित्तीय सम्मेलन सहयोगी हुने छ : प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा रणनीतिक पूर्वाधार परियोजनाहरूको विकास र रोजगारी सृजनाका लागि वित्तीय सम्मेलनहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। 

लगानी बोर्ड नेपालले स्ट्याण्डर्ड चार्टर्ड बैंक र आर्थिक पत्रकार समाज सेजनको सहकार्यमा आयोजना गरेको नेपालका लागि वित्तीय सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्ता सम्मेलनले व्यापारका लागि पनि नयाँ अवसरहरु सिर्जना गर्ने बताए। उनले दिगो समाधानहरू मार्फत नेपालको लगानीको खाडललाई पूरा गर्न पनि यो सम्मेलनले सहयोग गर्ने बताए। 

उनले भने, हामी नवीन, दिगो समाधानहरू मार्फत नेपालको लगानीको खाडललाई पूरा गर्न खोजिरहेका छौँ, हामी विश्वास गर्छौँ कि यो सम्मेलनले देशमा रणनीतिक पूर्वाधार परियोजनाहरूको विकासका लागि वित्तीय दृष्टिकोणहरू अनलक गर्न र हाम्रा मानिसहरूका लागि मर्यादित रोजगारी सृजनाका साथै व्यापारका लागि नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ। 

प्रधानमन्त्री दाहालले विकास लक्ष्यहरू हासिल गर्ने सरकारको प्रयासमा, महत्वपूर्ण लगानी आवश्यक पर्ने धेरै मुख्य क्षेत्रहरूमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश रहेको बताए। उनले साझा समृद्धिका लागि राष्ट्रको दिगो विकास लक्ष्यहरू हासिल गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरूको समर्थन र साझेदारी आवश्यक भएको पनि बताए। 

सरकार विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसरहरू सिर्जना गर्न नेपालका अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विकास प्रयासहरूमा वित्तीय संस्था र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको बताए। 

उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी लगायत निजी लगानी प्रवद्र्धन गर्न बैंक तथा वित्तीय संस्था, विकास वित्तीय संस्था, बहुपक्षीय विकास बैंक र अन्य विकास साझेदारहरू लगायत निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ गर्नको लागि समय आएको पनि बताए। 

Logo