‘०८४ को निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर एमाले एउटै लय र बुझाईका साथ परिचालित हुन्छ’

‘०८४ को निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर एमाले एउटै लय र बुझाईका साथ परिचालित हुन्छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमाले पार्टीलाई पहिलो शक्ति बनाउने गरि ०८४ सालको निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी पंक्तिलाई परिचालन गर्ने बताएका छन् । 

शुक्रवार पार्टी कार्यालयमा भएको पाँचौं पूर्ण बैठकपछि उपप्रमुख रिजालले एमालेलाई आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित गर्न सिङ्गो केन्द्रीय कमिटी नै लाग्ने बताएका हुन् । 

‘भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा ०८० जेठ देखि चैतसम्म नेकपा एमालेले देशव्यापी, प्रवास तथा जनसंगठनहरुमा के कस्ता कार्यक्र्रम गर्छ हामीले खाका प्रस्तुत गर्ने छौं र त्यसलाई केन्द्रीय कमिटीबाट पारित गरेर एउटै लय एउटै ताल र एउटै बुझाईका साथ नेकपा एमालेको सिङ्गो केन्द्रीय कमिटी परिचालित हुने छ ।’ उनले भने । 

उनले पार्टीको आन्तरिक सुदृढीकरण गरेर जनतासंग तल्लो स्तरमा पुगेर उनीहरुसंग जोडिए पछि एमाले बलियो बन्ने जिकिर गर्दै त्यसपछि अहिलेको गठबन्धन नटिक्ने दावी गरे । ‘त्यो विल्कुल अस्थायी कुरा हो, यो पानीको फोका जस्तो हुन्छ । हामीले संगठन बलियो बनाएर अघि बढ्ने वित्तिकै सबै समस्याहरु समाधान भएर जान्छन् ।’ उपप्रमुख रिजालले भने । 

उनले गठबन्धन सरकारले संघीयतालाई कुरुप बनाउने गरि विभिन्न गतिविधिहरु गरेको भन्दै आरोप समेत लगाए । भोलि बस्ने स्थायी कमिटीको बैठकले आगामी एक वर्षको एमाले पार्टीको वार्षिक कार्यक्रममा सुभाव दिने र प्राप्त सुझवलाई केन्दीय कमिटी मार्फत मूर्त रुप दिएर सक्रियताको साथ लागू गर्ने उनले जानकारी दिए । 

Logo