नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।
ललितपुरस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो । बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ ।
शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ -आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए ।
सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रिय समिति बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने तयारी छ ।





























प्रतिक्रिया