नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरिएकाे छ : शेखर कोइराला

नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरिएकाे छ : शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका कारण देशको शिर निहुरिएको बताएका छन् ।

राज्य संयन्त्रको चरम दुरुपयोग गरी नेपाली नागरिकबाट मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउने जस्तो घृणित कार्यमा संलग्नलाई कानुनको कठघरमा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत लेख्दै भने,‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ तसर्थ जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’ उनले लेखेका छन्, ‘यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो छ, यसले हामीले दशकौँ सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ।’

Skip This
Skip This
Logo