राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणलाई नजिर बन्ने गरि टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनमा सांसद वाग्लेले यस प्रकरणमा दोषी कुनै पनि हालतमा उम्कन नहुने बताएका हुन् ।
उनले भने, ‘अहिलेसम्म प्रधानमन्त्री गृहमन्त्री र सरकारले यस्लाई अगाडि बढाउनुपर्छ भन्ने तर उनीहरु पनि दबाबमा नपरुन् । त्यसमा नागरिकले खबरदारी गर्नुपर्छ । काम गर्दा शक्ति पनि दिनुपर्छ त्यसैले नडराउ खुट्टा नकमाउ । दोषी उम्कन हुन्न ।’































प्रतिक्रिया