काँग्रेसका सांसद सञ्जय गौतम १५ बुँदे माग राख्दै बसे अनशन

काँग्रेसका सांसद सञ्जय गौतम १५ बुँदे माग राख्दै बसे अनशन

केन्द्रबिन्दु
0
Shares

काँग्रेसका सांसद सञ्जयकुमार गौतम आमरण अनशनमा बसेका छन्। विकास निर्माणका १५ बुँदे माग राख्दै उनी आमरण अनसन बसेका हुन् ।बर्दिया-१ बाट प्रतिनिधिसभा सदस्य गौतमले शनिबार जब्दीघाटको भत्किएको पुलमुनि आमरण अनशन शुरु गरेका छन् ।

उनले जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने माग राखेका छन्। सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उद्घाटन नहुँदै २०७४ साउनमा भत्किएको थियो।

उनले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने मागसमेत राखेका छन्।

Logo