प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा र ओली पुगे बालुवाटार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा र ओली पुगे बालुवाटार

केन्द्रबिन्दु
0
Shares

शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता भएकाे  छ।  बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ।  तीन नेताबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाइ समिति गठनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo