नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरी बृत्त सोह्रखुट्टेक हिरासतमा राखिएको छ।
काठमाडौँको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी रायमाझीलाई प्रहरी बृत्त सोह्रखुट्टेमा राखिएको हो। रायमाझी आइतबार साँझ प्रहरीले बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको थियो।
रायमाझीलाई सोमबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइने छ। थप अनुसन्धानका लागि म्याद अनुमति लिन रायमाझीलाई अदालतमा उपस्थित गराइन लागिएको हो।































प्रतिक्रिया