सांसद झाको प्रश्न- शरणार्थी प्रकरणमा पक्राउ परेकाले कसरी विशेष सुविधा पाउँछन् ?

सांसद झाको प्रश्न- शरणार्थी प्रकरणमा पक्राउ परेकाले कसरी विशेष सुविधा पाउँछन् ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरुले किन योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइरहेको छन् भन्दै प्रश्न उठाएका छन्।

सोमवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर उनले भ्रष्टाचारीहरुले आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने जस्ता कामहरु गरिरहेको टिप्पणी गरे । 

उनले भने, ‘हाम्रो देशमा ठूलो अपराध, देशद्रोही र भ्रष्टाचारको विषय चर्चामा छ । यसमा शंकास्पदहरुको नाम आउँछ । उनीहरुलाई आफ्नो मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र आफूले  योजनावद्ध रुपमा सार्वजनिक हुने मौका पाइराखेका छन्। केही त फरार पनि छन रे भन्ने सुनिन्छ । यस्तो किन हुन्छ ?’

सांसद झाले प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु मुलुकमा कुनै विपत्ति आउँदा वा अन्तर्राष्ट्रिय सम्बन्धका कुनै विषय हुँदा राजनीतिक दलका शीर्ष नेताहरु तारन्तार बस्नु स्वभाविक भए पनि अहिलेको भेटमा शंकास्पद रहेको बताए  ।

Skip This
Skip This
Logo