नेपाली कांँग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो बारे भ्रम फैल्याउने गलत टेप सार्वजनिक गरेर चरित्र हत्या भएको बताएकी छिन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा सांसद राणाले टेपको सत्यतथ्य उजागर गर्न र यस प्रकरणमा संलग्न दोषी को-को हो भन्ने चाँडो प्रष्ट पार्न माग गरेकी हुन् ।
उनले भनिन्, ‘हाम्रो देशमा गलत समाचारको परकाष्टा पुगेको रहेछ, मेरो चरित्रमाथि बलात्कार भएको छ, महिलालाई राजनीतिमा आउँदा पहिला पनि धेरैलाई आत्महत्या गर्न बाध्य बनाएको छ मिडियाले, म अन्यायमा पर्ने महिला होईन् यो मेरो चरित्रमाथि बलात्कार हो । टेपको सत्यतथ्य उजागर गरोस् जति जनाको नाम आएको छ । दोषी हो होईन प्रष्ट आउनुपर्छ ।’
सांसद राणाले यो काण्ड देशको सबैभन्दा लज्जास्पद विषय भएको टिप्पणी पनि गरिन् । भुटानी शरणार्थी प्रकरणको टेपको अडियो आफ्नो नभएको जिकिर गर्दै उनले सत्य उजागर गर्न आग्रह गरिन् ।































प्रतिक्रिया