विदेश पलायन भइरहेका युवाहरुलाई देश बनाउन रोकौंः सांसद सिंह

विदेश पलायन भइरहेका युवाहरुलाई देश बनाउन रोकौंः सांसद सिंह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद दीपकबहादुर सिंहले विदेश पलायन भइरहेका युवाहरुको बारेमा देशले सोच्ने बेला आएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले उच्च शिक्षा हासिल गरेका जनशक्तिलाई नेपालमा रोक्न सके मात्र देश बन्ने बताएका हुन् । उनले यो मुलुकको  ९ वटा विश्वविद्यालयबाट पीएडी पास गर्नेहरु ५ हजार रहेको उल्लेख गर्दे तर विगत ६ बर्षदेखि एउटा पनि पेटेन्ट फाइल दर्ता हुन नसेकेको बताए । 

उनले भने, ‘आज विश्व विद्यालयबाट पीएचडी पास गर्नेहरु ५ हजार छन् । आज पेटेन्ट दर्ता गर्नेमा चीनमा १५ लाख र अमेरिका ५ लाख, जापान २ लाख ५० हजार, भारतमा ३० हजार र नेपाल जम्मा ७० वटा छ । गएको ६ वर्षसम्म एउटा पनि पेटेन्ट दर्ता गरेको छैन् ।’

नेपालमा ब्रेन ड्रेन भएर विदेश जाने बढिरहेको भन्दै सांसद सिंहले त्यो ब्रेनलाई नेपालमा नै बनाउनको लागि रोक्न आवश्यक भएको बताए । अहिलेको बजेटमा शिक्षा क्षेत्रमा ७० अर्बको बजेट रहेको र त्यसमध्ये १ अर्ब त्यो ब्रेन र अनुभवलाई रोक्न प्रयोग गर्न पनि उनले सुझाव दिए ।  

विदेशबाट त्यही ब्रेन ल्याउँदा २०, २५ लाख तिरेर ल्याउनुपर्ने अवस्था रहेको भन्दै राप्रपा सांसद सिंहले देशको उन्नति र प्रगति गर्ने हो भने पाँच हजार पीएचडी होल्डरहरुलाई हामीले यो देशमा रोक्नुपर्ने आवश्यक भएको बताए ।  

Logo