पेप्सीकोलास्थित खहरे खोलाको व्यवस्थापन नभएको सांसद गौतमको गुनासो

पेप्सीकोलास्थित खहरे खोलाको व्यवस्थापन नभएको सांसद गौतमको गुनासो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले खहरे व्यवस्थापनको लागि कति बच्चाको मृत्यु कुरिरहेको छ ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा सांसद गौतमले काठमाडौंको पेप्सीकोलामा रहेको खहरे खोलाको व्यवस्थापन नहुँदा मानिसहरुको ज्यान समेत जाने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

उनले भनिन्, ‘काठमाडौंको पेप्सीकोलाको वर्षातको समय आउँनै लाग्यो मलाई पहिलेको याद आउँछ बाटोमा हिँड्दा कम्मरसम्म पानि आउँछ मानिस ,बच्चा बगाउँछ । घट्ना घट्दा सरकार संवेदनशील भएको देखिन्छ तर व्यवहारमा त्यो देखिन । त्यति बाटो बन्न ढल र खहरे व्यवस्थापनको लागि सरकारले कति जना बच्चाको मृत्यु कुरिरहेको छ ? ।’

Skip This
Skip This
Logo