नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय भएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रकरणलाई पार्टीले गम्भीरताका साथ लिएको बताए।
उनले भने-“नक्कली शरणार्थी गम्भीर विषय हाे। पार्टीले गम्भीरताका साथ लिएको छ। आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण पनि हुनुहुन्छ। अनुसन्धान जारी छ।” “उहाँले निर्दोष छु सावित गर्छु बन्नुभएको छ। अनुसन्धान निष्पक्ष हुनुपर्यो । त्यसमा पूर्ण सहयोग गर्छौँ । दोषी नउम्किऊन्, निर्दोष नफसून् ।”उनले आरोपितमा पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाण पनि रहेको भन्दै निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए ।































प्रतिक्रिया