प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स र प्रधानमन्त्री दाहालबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ।
भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको छ।
प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गर्दै अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो राखेको बताईएको छ।
पधानमन्त्री प्रचण्डले भेटका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। त्यस्तै,सहायक विदेश मन्त्री वाट्सले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोग निरन्तर रहने बताएका छन्।
प्रतिक्रिया