भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दै राप्रपा

भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दै राप्रपा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीवार भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दैछ। विरोधसभा बिहीवार दिउँसो वसन्तपुरमा हुनेछ। विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्नेछन्।

राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रका अनुसार बसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिनेछ । यसैगरी, निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ ।

'अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ संगठन नबनाउने निर्णय गरेको छ,’ उनले भने । उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुण्डाएर सन्सारमा कुनै देशले प्रगति गरेको छैन।सरकारी वेतनधारीको भातृ संगठन जघन्य अपराध रहेको उनको भनाई छ ।

Skip This
Skip This
Logo