नागरिक उन्मुक्ति पार्टीका पदाधिकारीको बैठक आज बस्दै छ। दिउँसो १ बजे काठमाडौँमै बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ । उक्त बैठकमा सरकारमा रहने/नरहने विषयमा पनि छलफल गरिनेछ।
सरकार छाड्ने/नछाड्ने विषयमा टुंगोमा पुग्न बाँकी रहेने पार्टीले जनाएकाे छ ।
नागरिक उन्मुक्तिका पदाधिकारीले पार्टीका संस्थापक नेता रेशम चौधरीसित पनि विभिन्न विषयमा कुराकानी गरिरहेका छन् । टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका चौधरीसित आफूहरूको कुराकानी भइरहेको पार्टीका महासचिव रतन थापाले बताए ।































प्रतिक्रिया