राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्रीसमेत भ्रष्टाचारी बने जेल जान बाध्य बनाउने बताएका छन् ।
राप्रपाले बिहीवार वसन्तपुरमा आयोजना गरेको भ्रष्टाचारविरोधी सभामा सांसद शाहीले भ्रष्ट आचरणले गर्दा मुलुक वर्वाद भएको भन्दै भ्रष्टाचारी प्रधानमन्त्री नै भएपनि कारवाही गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीलाई हामीले प्रश्न सोधेका छौ, क्यानटेनमेन्टको घोटालामा तपाईं जेल जाने हो भनेर प्रश्न गर्दा प्रधानमन्त्रीले जेल जान्छु भनेर घोषणा गरेका छन् । भ्रष्टाचारका विरुद्ध हामीले संसदमा मात्र आवाज उठाएर हुँदैन्, भ्रष्टाचारका विरुद्धमा भ्रष्टाचारीहरुलाई तीन पुस्ताको सम्पत्ति जफत गरेर आजीवन कारावास हाल्नुपर्छ । त्यसपछि यसको अन्त्य हुन्छ । यो देश भ्रष्टाचारको कारणले बर्वाद भएको छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होईन अरु धेरै काण्डहरुको पर्दाफास गर्नुपर्ने र त्यसमा अपराधी सावित भए आफूहरु पनि जेल जान तयार हुनुपर्ने बताए । प्रवक्ता शाहीले भ्रष्टाचार देशको रोग भइरहेको भन्दै यो रोगलाई जराबाटै निकाल्नको लागि राप्रपालाई दुईतिहाई बहुमतले निर्वाचित गर्न आग्रह गरे ।





























प्रतिक्रिया