मनिष झाकाे टिप्पणीः प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर ‘म्याच फिक्सिङ’ जस्तो

मनिष झाकाे टिप्पणीः प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर ‘म्याच फिक्सिङ’ जस्तो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर म्याच फिक्सिङ गरीएको खेल जस्तो भएको टिप्पणी गरेका छन् । 

बिहीवार प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीसँग सांसद झाले आफ्नो पार्टीबाट राखिएको प्रश्नको उत्तर नआएको भन्दै पूर्व निर्धारित प्रश्नहरु पठाएर पर्याप्त गृहकार्यहरु गरेर आएर दिएको जवाफ रोचक नभएको बताएका हुन् । 

उनले भने, ‘म्याच फिक्सिङ भयो पूर्व निर्धारित प्रश्नहरु पठाएर पर्याप्त गृहकार्यहरु गरेर आएर दिएको जवाफ त्यति रोचक हुँदैन् । भ्रष्टाचार सम्बन्धि प्रश्नमा हाम्रो पार्टीको सांसद शिशिरले प्रश्न हेलिकप्टरको पैसा कसले तिर्छ चुनावको बेला प्रयोग गरिएको को ? आचार संहिता मिचेकोमा कसले सजाय पाउँछ ?भन्ने प्रश्नको उत्तर आएन । यस्तो पश्नहरुको उत्तर दिने आँट छैन् ,यो म्याचफिक्सिङ गरिएको खेल यो जस्तो लाग्यो ।’

यो प्रश्नोत्तरको अभ्यास हुनु राम्रो कुरा भएता पनि यसको अभ्यास सुधार्न आवश्यक रहेको सांसद झाले बताए । 

Skip This
Skip This
Logo