कानून न्याय तथा मानवअधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक आज सिंहदरबारमा बस्दै छ।
शुक्रबार,संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले वित्तिय जवाफदेहीता,आर्थिक अनुशासन र विद्यमान बेरुजुको अवस्थाको बारेमा महालेखापरीक्षक टंकमणि शर्मा संग छलफल गर्ने भएको छ।
त्यस्तै, संघीय संसद कानून न्याय तथा मानवअधिकार समितिले पनि तेस्रो बैठक बोलाएको छ। बैठकमा व्यपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने समितिको सचिव अधि राज राईले जानकारी दिए। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।





























प्रतिक्रिया