सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुंग्याएको छ। संसदीय दलका नेता खगराज भट्टले सरकारमा पठाइने मन्त्रीको नाम टुङ्गो लागेकाे बताए ।

उनका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंग्याइएको हो। शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको उनको भनाइ छ।

Logo