‘आइडिया बैंक’मा नयाँ योजना लिएर आउन बालेन शाहको आग्रह

‘आइडिया बैंक’मा नयाँ योजना लिएर आउन बालेन शाहको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले नयाँ योजना भए प्रस्तुत गर्न आग्रह गरेको छ। व्यवसायमुखी आइडिया भए र त्यसलाई व्यवसायमा परिणत गर्न चाहना भए त्यस्ता योजना लिएर आउन पनि महानगरले आग्रह गरेको छ। 

नयाँ योजना भए कसैले पनि उद्यमी हुन रोक्न नसक्ने काठमाडौँ महानगरका मेयर बालेन शाहले बताएका छन्। 

“आइडिया बैंक कार्यक्रमको उद्देश्य दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो। तपाइसँग आइडिया छ, तपाईँ महानगरभित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र तीन वर्ष कटेको छैन। तपाईं विद्यार्थी हुनुहुन्छ तपाइसँग महानगरको समस्या समाधानका व्यवसाय मुखी आइडिया छन् र त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ,” बालेनले भनेका छन्, “कसरी त्यसको विजनेस प्लान बनाउने, कार्यान्वयनको योजना बनाउने। कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ। विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी पाँचवटा क्याटगोरीमा आवेदन माग गरिएको छ।” 

जेठ १९ गतेसम्म आवेदन दिन बालेनले आग्रह गरेका छन्। 

Skip This
Skip This
Logo