प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष र सत्तापक्षका तीन शीर्ष नेताबीच हुने गरेको भेटवार्ता शरणार्थी प्रकरण सामसुम पार्न बसेको भन्ने आरोप गलत भएको बताएका छन् ।
शनिवार अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं निर्वाचित कार्य समितिको पदभार ग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सदनको प्रभावकारी सञ्चालन र देशको हरेक मुद्दामाथि छलफल गर्न एकठाउँमा उभिन पर्ने हुँदा तीन नेताबीच छलफल निरन्तर हुने गरेको जिकिर गरेका हुन् ।
उनले शरणार्थी प्रकरणलाई अन्तिम र तार्किक निष्कर्षमा पु-याउनमा सरकार दृढ रहेको बताए ।
उनले भने, ‘बाहिर बजारमा र मिडियामा बिभिन्न प्रचारप्रसार आईरहेका छन् । तपाईहरु दोधारमा नबस्नु होला सरकार र पार्टी दृढ छ । यस्लाई अन्तिम र तार्किक निष्कर्षमा पु-याएरै छाडिन्छ । यो विश्वास दिलाउन चाहन्छु । प्रतिपक्ष र सत्तापक्षका तीन नेता बस्दा यो विषयलाई यो आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भन्ने प्रचार गर्ने गरिएको छ । हामी बसेको सदनलाई कसरी प्रभावकारी बनाउने, सदन भित्र सत्ता पक्ष र प्रतिपक्षको बीचमा समझदारी कसरी गर्ने भन्ने बारेमा र देशको यो अवस्थामा परिवर्तनको रक्षाको लागि एकठाउँमा उभिन पर्ने हुनसक्छ भन्दै छलफलमा जुट्ने गरेको बताए ।’
प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणलाई मात्र नभएर सुशासनको दृष्टिकोणले आवश्यक पर्ने सबै कुरामा पहल गर्ने बताए ।





























प्रतिक्रिया