भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम आम नागरिकको हितमा रहेको बताएका दाबी गरेका छन् ।
शनिवार समाजवादी प्रेस संगठन नेपालको काठमाडौं जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री ज्वालाले सरकारले जनपक्षीय र रुपान्तरणकारी नीति तथा कार्यक्रम ल्याएको बताएका हुन् । अब त्यसमै केन्द्रीत भएर बजेट ल्याउने तयारी भइरहेको उनको भनाई छ ।
‘सरकार गठनपछि न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्यौ र त्यसको आधारमा नीति तथा कार्यक्रम आएको छ । अहिलेको व्युरोकेसी, जटिलता र सीमाहरुलाई तोड्न नसकेको अवस्थामा पनि केही प्रोगेसिभ,जनपक्षिय र रुपान्तरणकारी कार्यक्रमहरुलाई सम्बोधन गरेका छौं ।’ उनले भने ।
सरकारले अर्थतन्त्रको आर्थिक जटिललाई बुझेर आर्थिक समस्यालाई सम्बोधन गर्दै अहिलेको अर्थतन्त्रलाई लयमा फर्काउनले गरी बजेट ल्याउने मन्त्री ज्वालाको भनाई छ ।
यातायात क्षेत्र सुधारको काम अगाडी बढाइसकेको दावी गरेका उनले बजेट निर्माणको काम सकिएपछि योजनाबद्ध रुपमा महत्वपूर्ण कामहरु मन्त्रालयले अगाडी बढाउने जिकीर गरे ।





























प्रतिक्रिया