सांसद सञ्जय गौतमले तोडे आमरण अनशन

सांसद सञ्जय गौतमले तोडे आमरण अनशन

केन्द्रबिन्दु
0
Shares

बर्दिया क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सञ्जयकुमार गौतम आमरण अनशन तोडेका छन् ।

शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि सांसद गौतमले आठौँ दिनमा अनशन तोडेका हुन् । अनशन तोडेसँगै उनकाे स्वास्थ्य अवस्था कमजोर भएकाले जिल्ला अस्पताल बर्दियामा भर्ना भएका छन् । 

जब्दीघाट पुल निर्माण लगायत बर्दिया जिल्लाका विभिन्न मुद्दाहरु संसदमा उठाउँदा पनि सरकारले सम्बोधन नगरेको कारण ३० वैशाखबाट उनी अनशनमा बसेका थिए।उनी भत्किएको जब्दीघाटको पुल मुनी बर्दियाका काँग्रेसका नेतासहित अनशन बसेका थिए । 

गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भाँचिएको ७ बर्ष वित्दा पनि पुर्ननिर्माण हुन नसकेको विषयलाई सांसद गौतमले मुख्य मुद्दा बनाएका थिए । २०६५ सालदेखि निर्माण शुरु भएको साे पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । ४२५ मिटर उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै २०७४ साल साउन २९ गते आएको बाढीले पुलका तीनवटा स्पान भासिएका थिए। गत असोज २२ गते आएको बाढीले १७ वटा स्पानमध्ये पूर्व तर्फको तीनवटा स्ल्याप र स्पान बगाएको थियो।

Skip This
Skip This
Logo