शरणार्थी प्रकरणको शिलान्यास ओली प्रधानमन्त्री हुँदा भएको सांसद राणाकाे आराेप

शरणार्थी प्रकरणको शिलान्यास ओली प्रधानमन्त्री हुँदा भएको सांसद राणाकाे आराेप

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद उदय शमशेर राणाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेल केपी ओली प्रधानमन्त्री भएको बेलामा सुरु भएको बताएका छन् । 

आईतवार बसेको प्रतिनिधि सभा बैठकपश्चात सञ्चारकर्मीसंग सांसद राणाले सदनमा अमेरिका गएको बेलामा भुटानी शरणार्थीहरुलाई अर्को देशमा लाने सहमति भएको कुरा गर्नु भएपनि यो प्रकरणको शिलान्यास ओली प्रधानमन्त्री हुँदा भएको दावी गरे । 

उनले भने, ‘नक्कली भुटानी शरणार्थीको सुरुवात कहिले भयो, यसको शिलान्यास कहिले भयो भन्दा उहाँले सदनमा उदाहरण अमेरिका गएको बेलामा हामीले भुटानी शरणार्थीहरुलाई अर्को देशमा लाने सहमति भएको कुरा गर्नु भएको छ । त्यो ठीकै छ तर हामीले त्यो सुरुवातको कुरा गरेको होईन् । नेपालीलाई भुटानी बनाउने खेल कहिले सुरु भयो भने भन्दा उहाँ प्रधानमन्त्री भएको बेलामा सुरु भएको हो ।’ 

सांसद राणाले ओली अरुलाई व्यङ्ग्य हान्ने र होच्याउने काममा माहिर भएको भन्दै उनको कुरालाई नकारात्मक रुपमा नलिएको पनि बताए । 

Skip This
Skip This
Logo